नेपाल ज्योति, बैशाख २४- संयुक्त राष्ट्रसङ्घको भनाइ अनुसार मानव बेचबिखनको सबैभन्दा सामान्य रूप यौन शोषण रहेको छ। सन् २०१८ मा मानव बेचबिखनका लागि संयुक्त राज्य अमेरिका सबैभन्दा खराब देशहरूको सूचीमा परेको थियो।
त्यहाँ मानव बेचबिखनको अवस्था भयावह भएको राज्य ओहायोलाई बुझिन्छ। ओहायो राज्यमा धेरै महिलाहरू यौनदासी बन्न बाध्य भएका छन्।
उनीहरूलाई यौनदासी बनाएर वेश्यावृत्ति गराउने व्यक्तिहरूले परम्परागत दासप्रथामा जस्तै ती महिलाको शरीरमा कुनै निसान खोपाएर आफ्नो स्वामित्वको सङ्केत बनाउने गरेका छन्।
अहिले केही पूर्वयौनदासीहरू आफ्ना शरीरमा खोपिएका त्यस्ता ट्याटू मेट्दैछन् वा तिनलाई नयाँ रूप दिँदैछन्।