मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा

  • प्रकाशित मिति : May 8, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २५-शनिबार साँझ गएको पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७४० बजेदेखि सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५३० बजेबाट सञ्चालनमा आएको हो । पहिरो पन्छाउनका लागि मुग्लिन र भरतपुरबाट एक–एकवटा जेसिभी प्रयोग गरिएको थियो ।पहिरो हटाएसँगै अलपत्र परेका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।