नेपाल ज्योति,बैशाख २५-नान्टेजले २२ वर्षपछि फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा निसलाई १–० गोल अन्तरले हराउँदै नान्टेसले उपाधि रक्षा गर्यो । नान्टेजले अन्तिम पटक सन् २००० मा फ्रेन्च कपको उपाधि जितेको थियो । नान्टेसलाई जित दिलाउन लुडोभिच ब्लासले निर्णायक गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको नान्टेजले दोस्रो हाफमा गोल गर्न सफल भयो । खेलको ४७ औं मिनेटमा ब्लासले पेनाल्टीबाट गोल गर्दै टिमलाई उपाधि दिलाए ।
२२ वर्षपछि नान्टेजलाई फ्रेन्च कपको उपाधि
- प्रकाशित मिति : May 8, 2022
- जेनिसा कार्की
