सच्चा कम्युनिस्टले काँग्रेसलाई भोट हाल्न नसक्ने भीम रावलको भनाई

  • प्रकाशित मिति : May 8, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २५-नेकपा ९एमाले नेता भीम रावलले सच्चा कम्युनिस्टले काँग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्नेज अनि दक्षिणपन्थी भन्दै आएको काँग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गरे ।
उनले सत्ता स्वार्थका लागि काँग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको उनले जिकिर गरे । सच्चा कम्युनिस्ट पार्टीले काँग्रेसलाई भोट हाल्न नसक्ने उनको भनाइ छ । रावलले एमालेबाट बनेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्नल आग्रह गरे । एमालेका उम्मेदवार विजयी भए मात्रै देशमा विकास निमार्णका कार्यले तीव्रता पाउने बताए ।