वडाध्यक्ष धनबहादुर थापा मगरको निधन

  • प्रकाशित मिति : May 9, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २६-खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर थापा मगरको निधन भएको छ । फोक्सोमा पानी जमेपछि बिरामी भएका थापा मगरको पाँच वर्षे कार्यकाल सकिन लाग्दा आइतबार राति २ बजे आफ्नै निवासमा निधन भएको हो । गत ७ वैशाखमा उपचारका लागि नोवेल अस्पताल विराटनगरमा लगिएका थापा मगरलाई आइतबार राति ८ बजे घर ल्याइएको थियो ।
थापा मगर २०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसका तर्फबाट वडाध्यक्षमा विजयी बनेका थिए । १५ मंसिर १९९७ मा जन्मिएका उनी गाउँपालिकाकै ज्येष्ठ जनप्रतिनिधि थिए । काँग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीका अनुसार थापा मगरलाई अक्सिजन दिएर घर ल्याइएको थियो ।