नेपाल बार एसोसिएनले कानुन दिवसको शुभकामना व्यक्त गरे

  • प्रकाशित मिति : May 9, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २६-नेपाल बार एसोसिएसनले आफ्नो जिम्मेवारी बहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामा समेत प्रतिबद्ध हुने प्रेरणा प्राप्त होस भन्ने शुभकामना व्यक्त गरेको छ ।
कानुन दिवसका अवसरमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरेद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, व्यावसायिक र मर्यादित बारको प्रमुख लक्ष्य र त्यसको संरक्षण र सम्वर्द्धनका लागि निरन्तर क्रियाशील रहनु आजको आवश्यकता भएको उल्लेख छ ।