रुकुम पूर्वको जंगलमा जुनमाया बुढाको शव फेला

  • प्रकाशित मिति : May 10, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २७-रुकुम पूर्वको जंगलमा एक महिलाको शव फेला परेको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका– ११ की ३९ वर्षीया जुनमाया बुढाको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक कृष्ण खत्रीका अनुसार उपल्लो सेरास्थित जंगलमा शव भेटिएको जानकारी दिएका छन्। घटनाको बारे अनुसन्धान सुरु गरिएको र शवलाई घटनास्थलबाट पोष्टमार्टमको लागि रुकुम पूर्व अस्पतालमा ल्याइएको उनले जानकारी दिएका छन्।

घटनास्थल जिल्ला सदरमुकामाबाट तीन दिनको पैदल दुरीमा पर्छ ।