मतदानका लागि मङ्गलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै

  • प्रकाशित मिति : May 10, 2022
  • जेनिसा कार्की
निर्वाचन आयोग नेपाल

नेपाल ज्योति,बैशाख २७-वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि मङ्गलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।

निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको जनाएको छ ।

मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आयोगले निर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहितामा उल्लेख छ । आचारसंहितामा मौनअवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रात सङ्गठन वा सम्बन्धित व्यक्तिले आचरणपालना गर्नुपर्ने विषयबारे उल्लेख छ ।