कपिलवस्तुको कांग्रेसको नगर उपप्रमुख पदकी उम्मेदवार शुभावतीको मृत्यु

  • प्रकाशित मिति : May 10, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २७-कपिलवस्तुको महाराजगंज नगरपालिकामा कांग्रेसको तर्फबाट नगर उपप्रमुख पदकी उम्मेदवार ५५ वर्षीया शुभावती कुर्मीको सोमबार मध्यरातमा मृत्यु भएको छ।
कांग्रेस क्षेत्र नम्बर २ की महासमिति सदस्य समेत रहेकी उनी मतदाताहरुसंग राति भेटघाटपछि नगरपालिका–२ गैडहवास्थित आफ्नो घरमा फर्किएपछि हृदयघातका कारण उनको मृत्यु भएको हो। दिनभर घरदैलोमा सहभागि भएर आएकी उनको सोमबार राति एक्कासी छाती दुखेको थियो। उपचारका लागि तौलिहवा अस्पताल पुर्‍याएकी उनको मंगलबार बिहान करिब १ बजे मृत्यु भएको उनका देवर रामकृष्ण चौधरीले बताए। तौलिहवा अस्पतालमा उनलाई डाक्टरहरुले मृत घोषणा गरेका थिए।