एकघर एकधारा पोखरा खानेपानी योजना अलपत्र

  • प्रकाशित मिति : May 11, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २८-गत असारमा काम सम्पन्न गर्ने गरी काम शुरु गरिएको एकघर एकधारा पोखरा खानेपानी योजना अलपत्र परेको छ । २०७८ असार २० गते काम सम्पन्न गर्ने गरी २०७६ मंसिर १३ गते योजनाको सम्झौता भएको थियो । तर काम सम्पन्न गर्ने मिति भन्दा झण्डै एक वर्ष बढी हुदाँ सम्म काम सम्पन्न नसक्दा उपभोक्ता मारमा परेका छन ।
पुराना धाराहरु भत्काएर स्थानीयबासीहरुले घरघरमा नयाँ धाराहरु बनाई सकेका छन् । तर धारामा पानी नआएपछि पानीपिउन पाएका छैनन् । धारामा पानी नआएपछि आजभोली गाउँघरमा पानीको जोह गर्न स्थानीयलाई समस्या भएको स्थानीय लक्ष्मण पार्कीले बताएका छन् । अमरगढी नगरपालिका–७ पोखरा तिलाडी क्षेत्रमा एक दर्जन बढी टोलवस्तिलाई लक्षित गरी एकघर एकधारा योजनाको काम सञ्चालन गरिएको थियो ।