नेपाल ज्योति,बैशाख २८-लुम्बिनीमा निर्माण सम्पन्न गरिएको पाँच हजार मानिस अट्ने क्षमताको सभाहल र ध्यान केन्द्रको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको उक्त ध्यान केन्द्रको जेठ २ गतेको बुद्ध जयन्तीका दिन उद्धघाटन गरिने लुम्बिनी विकास कोषले जनाएको छ ।
राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजना अन्तर्गत अत्याधुनिक सुविधासहितको सभाहल निर्माण भएको हो । तीन वर्षमा सम्पन्न गर्ने योजना रहेको हल कोभिड–१९ का कारण एक वर्ष ढिलो गरी सम्पन्न भएको निर्माण कम्पनी लुम्बिनी, अर्घाखाँची बाबुल जेभीका साइड इन्जिनियर वसन्त क्षत्रीले बताए । सभाहल जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरिने कार्यक्रम तय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उक्त हलबाट सोही दिन सम्बोधन गरिने कार्यक्रम रहेको छ ।
लुम्बिनी अन्तर्राष्ट्रिय सभा हलको उद्धघाटन हुदै
- प्रकाशित मिति : May 11, 2022
- जेनिसा कार्की
