ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • प्रकाशित मिति : May 11, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २८-उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४ नारच्याङमा ग२ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मंगलबार बेलुका नारच्याङ स्थीत निलगिरी हाइड्रोपावरका लागि मकवानपुरको हेटौडाबाट सिमेन्ट ल्याएर अनलोड गरी भुरुङ तातोपानी तर्फ फर्कदै गर्दा मालारानी भन्ने स्थानमा दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए। बेनी–जोमसोम सडक खण्ड अन्तरगत भूरुङतातोपानी देखि अन्दाजी १५ किलोमिटर सहायक सडकमा दुर्घटना हुँदा गाडी सडक भन्दा करीब ६० मिटर तल खसेको ढकालले बताए ।