कस्ले गर्यो बिमल कार्कीको हत्या

  • प्रकाशित मिति : May 12, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २९-( ताप्लेजुङको मिक्वाखोला गाउँपालिका १ खोक्लिङमा एक बिमल कार्की नामको एक युवक मृत अवस्थामा फेला परेका छन् ।हिजो राती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका सुचना अधिकारी प्रहरी निरिक्षक कुशाराम कार्कीले जानकारी दिएका छ्न । राती १०ः४५ बजेसम्म बिमल घर नआएपछि परिवार सहित स्थानीयले खोज्न सुरु गरेको थिए । खोज्ने क्रममा हान्द्रुङबाट उकालो जाने बाटोमा जुत्ता र झोला साथै बाटो मुनि भिरमा बिमललाई मृत अवस्थामा भेटी प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यलय दोभानको ईन्सपेक्टर सहितको टोली घटनास्थलमा खटि सकेको छ भने जिल्ला प्रहरी कार्यलय ताप्लेजुङबाट पनि ईन्सपेक्टर सहितको टोली घटनास्थलतर्फ लागि सकेको छ । घटना बारे थप विवरण आउन बाँकी रहेको छ । बिमल एक स्काभेटर चालक हुन । हाल उनि जिल्ला कै तेल्लोक भन्ने ठाउँमा स्काभेटर चलाउदै आएका थिए भने चुनावका लागि उनि मतदान गर्न गाउँ फर्किने क्रममा मृत भेटिएका हुन् । घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।