मेलम्ची ४ मा दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव उत्पन्न

  • प्रकाशित मिति : May 13, 2022
  • -सरु आचार्य

नेपाल ज्योति,बैशाख ३० – सिन्धुपाल्चोकको मेलम्ची ४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव उत्पन्न भएको छ ।

मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो । हाल परिस्थिति सामान्य भएको छ ।

सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल–२ को याङ्ग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि पनि केहीबेर तनाव भएको छ । सो मतदान केन्द्रको स्थिति पनि अहिले सामान्य छ । सिन्धुपाल्चोकका निर्वाचन अधिकृतले जिल्लाका सबै स्थानमा शान्तिपूर्ण रुपले मतदान भइरहेको जानकारी दिएका छन् ।