आज शुक्रवार भइरहेको स्थानिय तहको निर्वाचनमा एक लाख ४५ हजार ११ जना उम्मेदवारको भाग्य फैसला हुँदै

  • प्रकाशित मिति : May 13, 2022
  • - विश्व घिमिरे
निर्वाचन आयोग

नेपाल ज्योति, बैशाख ३० – नेपालमा आज शुक्रवार ७५३ स्थानीय तहका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्दैछन्। यो चुनावमा ५५,६९८ महिलासहित कुल एक लाख ४५ हजार ११ जना उम्मेदवार रहेका छन्।