नेपाल ज्योति, बैशाख ३० – निर्वाचन आयोग अपराह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान निर्वाचन आयोगले अपराह्न १२ बजेसम्म करिब ३५ प्रतिशत मतदाताले मतदान गरिसकेको जनाएको छ।
बिहान ७ बजेदेखि १२ बजेसम्म छिटपुट घटनाबाहेक झन्डै २२,००० मतदान केन्द्रमा स्थानीय तहको मतदान भइरहेको आयोगको भनाइ छ।
निर्वाचन आयोगले दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदान केन्द्रहरूमा सामान्य विवादका कारण मतदान अवरुद्ध भएको र त्यसलाई सुचारु बनाउने प्रयास भइरहेको उल्लेख गरेको छ।