प्रधानमन्त्री देउवाले चुनाव सारौँ  भनेर बैसाख ९ गते औपचारिक प्रस्ताव पठाएको ओलीको दाबी

  • प्रकाशित मिति : May 13, 2022
  • - विश्व घिमिरे

नेपाल ज्योति, बैशाख ३० – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’ मा आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

मतदानपछि पुर्वप्रधानमन्त्री  ओलीले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले गत वैशाख ९ गतेसम्म स्थानीय तहको निर्वाचन सारौँ भनेर ओपचारिक प्रस्ताव पठाएको दाबी गरेका छन्।

यसअघि शुक्रवारै देउवाले आफ्नो गृहजिल्ला डडेलल्धुरामा मतदानपछि ओलीले चुनाव हुँदैन भनेर भने पनि उनी गलत साबित भएको बताएका थिए।