नेपाल ज्योति, बैशाख ३० – मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेपछि काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित गरिएको हो ।
तोडफोड पछि प्रहरीले मतपेटिका सुरक्षित राखेको भएता पनि हालसम्म परिस्थिति सामान्य हुन सकेको छैन् ।
आक्रोशित भिडले मतपेटिका, कुर्सी, टेबल लगाएतका निर्वाचन सामाग्रिहरु तोडफोड गरेका छन् ।