स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रबार दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान सम्पन्न

  • प्रकाशित मिति : May 13, 2022
  • - विश्व घिमिरे

नेपाल ज्योति, बैशाख ३० – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रबार दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान भएको जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिएका छन्।