मतदान सकिएपछि सर्वदलीय छलफललगत्तै आजैवाट मतगणना कार्य सुरु हुने

  • प्रकाशित मिति : May 13, 2022
  • - विश्व घिमिरे
मतगणना

नेपाल ज्योति, बैशाख ३० – शुक्रबार अपराह्न ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने छ ।

मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।