नेपाल ज्योति, बैशाख ३० – धेरै मतदाता भएको स्थानमा कम मतदान हुने बित्तिकै थोरै मतदाता भएका ठाउँमा धेरै मतदान भए पनि समग्रमा कम मतदान भएको देखिन्छ नै, तर आयोगको प्रतिकृया हेर्दा समेत राजधानीमा खसेको मत कुनै अर्थमा संतोषजनक मान्न सकिने देखिन्न ।
निर्वाचन आयोगले काठमाण्डौ महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको प्रारम्भिक अनुमानमा गरेको छ ।
प्रमुख आयुक्तले संचारकर्मिलाई प्रतिकृया दिदै भने, “मतदान केन्द्रहरूमा स्पष्ट पहुँच र सबै सुविधा हुँदा हुँदै पनि अहिले करिब ५२ प्रतिशत मात्रै मतदान भएको छ भन्ने प्रारम्भिक तथ्याङ्क जुन छ यो त्यति सन्तोषजनक मलाई लागिरहेको छैन।”
तीन लाख मतदाता रहेको महानगरमा पाँच वर्षअघि भएको निर्वाचनमा भन्दा करिब २१,००० नयाँ मतदाता थपिएका छन्।