प्रहरीको गोली लागेर स्थानीय १९ वर्षीय मतदाता नवीन कटुवालको मृत्यु

  • प्रकाशित मिति : May 13, 2022
  • - विश्व घिमिरे
नविन कुमार कटवाल

नेपाल ज्योति, बैशाख ३० – उदयपुरको कटारी नगरपालिका १० मा विवाद हुँदा प्रहरीले गोली चलाउँदा स्थानीय १९ वर्षीय नवीन कटुवालको मृत्यु भएको हो।

अर्को एक जना १४ वर्षीया मनकुमार श्रेष्ठको खुट्टामा गोली लागेर घाइते भएका छन्।

भीडलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा घरमा बसिरहेका मनकुमारको खुट्टामा गोली लागेको हो।