मतगणना स्थलमा रहेका दलका प्रतिनिधिहरूलाई मतपत्र देखाउनुपर्ने तर छुन वा समाउन नदिने

  • प्रकाशित मिति : May 13, 2022
  • - विश्व घिमिरे
मतगणना

नेपाल ज्योति, बैशाख ३० – यस पटकको स्थानिय तहको निर्वाचनमा गणनाक्रममा मतगणना स्थलमा रहेका दलका प्रतिनिधिहरूलाई मतगणना टोलीले नै मतपत्र देखाउनुपर्ने तर छुन वा समाउन नदिने व्यवस्था निर्वाचन निर्देशिकाले गरेको छ।

निर्वाचन अधिकृत वा निजले खटाएको गणक कर्मचारीले मतगणना गर्दा उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई मतपत्र देखाउनुपर्नेछ। त्यस्तो मतपत्र कुनै पनि अवस्थामा निजलाई समाउन वा छुन दिनु हुँदैन, निर्देशिकामा भनिएको छ।