देशभरिका सबै स्थानीय तहको मतगणनाको नतिजा पाँच दिनभित्र प्रकाशित गरि सक्ने

  • प्रकाशित मिति : May 13, 2022
  • - विश्व घिमिरे
निर्वाचनआयोग नेपाल

नेपाल ज्योति, बैशाख ३० –निर्वाचन आयोगले यो पटक स्थानीय तह निर्वाचनको मतगणना गरेर पाँच दिनभित्रै परिणाम प्रकाशित गर्नेगरी तयारी गरिएको दाबी गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै मतगणनाको नतिजा पाँच दिनभित्रै प्रकाशित भइसक्ने दाबी गरे।

ूदेशभरिका सबै स्थानीय तहको मतगणनाको नतिजा पाँच दिनभित्र प्रकाशित गर्नेगरी व्यवस्था मिलाएका छौँ,ू उनले भने।

तर मतगणना छिटो सम्पन्न गर्न यसअघिको निर्वाचनमा भन्दा के कुरामा सुधार गरिएको छ भन्नेबारे उनले खुलाएनन्।

यसअघिको स्थानीय तह निर्वाचनमा काठमाण्डू महानगरपालिकाको मतगणना सम्पन्न गर्न दुई सातासम्म लागेको थियो। (बिबिसीबाट)