हिमाली जिल्ला मनाङबाट मतगणना सुरु

  • प्रकाशित मिति : May 13, 2022
  • - विश्व घिमिरे
मतगणना

नेपाल ज्योति, बैशाख ३० – हिमाली जिल्ला मनाङबाट मतगणना सुरु भएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको जानकारी दिएका छन्।

जिल्लामा चार गाउँपालिका रहेको छ। जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना सुरु भएको र त्यसको एक घण्टापछि अन्य गाउँपालिकामासमेत सुरु भएको उनले बताए।