उत्साहका साथ मतदानमा भाग लिने सवै मतदातालाई अध्यक्ष केपी शर्मा ओलीले दिए धन्यवाद

  • प्रकाशित मिति : May 13, 2022
  • - विश्व घिमिरे

नेपाल ज्योति, बैशाख ३० – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लाखौँ नयाँ मतदाता र ११३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसहित उत्साहका साथ मतदानमा भाग लिने मतदातालाई धन्यवाद दिएका छन्।

अध्यक्ष ओलीले विज्ञप्ति जारी गरेर मतदान गरेलगत्तै निधन हुनुभएका र मतदानका लागि जाँदै गर्दा सवारी दुर्घटनाबाट ज्यान गुमाएका मतदाताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरे ।

ओलीले भयरहित वातावरणमा स्वच्छ निर्वाचनका लागि पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक र अधिकतम सकारात्मक भूमिका निर्वाह भएको जिकिर समेत गरेका छन्।