नेपाल ज्योति, बैशाख ३० – मनाङको चामे गाउँपालिकामा मतगणना सुरू भएको छ। मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।
एमालेका अध्यक्ष पदका उम्मेदवार लोकेन्द्रबहादुर घलेले अहिलेसम्म १५२ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार छिरिङ ध्वर्जे लामाले १३० मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा पनि एमालेका उम्मेदवार अगाडि छन्। एमालेका उपाध्यक्ष पदका उम्मेदवार आशकुमारी गुरुङले १५४ मत प्राप्त गरेकी छन्। कांग्रेसका उपाध्यक्षका उम्मेदवार मिङ्मार ढोमा लामाले १२९ मत प्राप्त गरेकी छन्।