नेपाल ज्योति, बैशाख ३१ – हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाको अध्यक्षमा पुनः लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् । यसअघि पनि गाउँपालिका अध्यक्ष रहिसकेका घले शुक्रबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।
४१ मतले कांग्रेसका प्रतिस्पर्धी छिरिङ ध्वर्जे लामालाई हराउदै उनि विजयी भएका छन् । नेकपा (एमाले)का घलेले ३२० मत ल्याएकोमा कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत ल्याएका छन् । गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकि छिन् । उपाध्यक्षमा लामाले ३२५ मत ल्याएकि छिन भने उनको प्रतिद्वन्दी एमालेकी आशकुमारी गुरुङले २७४ मत ल्याएकि छिन् ।