प्रहरीले गोली चलाउँदा ‘नविन’ले गुमाए ज्यान, स्थानिय ले मानेन्न लास उठाउन

  • प्रकाशित मिति : May 15, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,जेष्ठ ०१-उदयपुरको कटारी नगरपालिका–१० स्थित सोरुङ छबिसेमा वैशाख ३० मा स्थानीय तह निर्वाचनको मतदान सकिएपछि झडप भयो । झडपमा प्रहरीले गोली चलाउँदा स्थानिय वीर बहादुर कटुवाल ‘नविन’ले ज्यान गुमाए । मतपेटिका संकलन गरेर मतगणना स्थलमा लैजाने बेलामा भएको झडपमा एकजना घाइते समेत भएका थिए । शनिवार प्रमुख जिल्ला अधिकारी र त्यहाँ क्रियाशील सवै दलका प्रतिनिधिहरुको बीचमा शव पोष्टमार्टमका लागि अस्पताल लैजाने र मतपेटिका उठाउने सहमति भएको थियो । तर, सो सहमतिलाई स्थानीयले अस्विकार गरेका छन् । आइतबार प्रमुख जिल्ला वीरेन्द्र कुमार यादव र प्रहरी उपरिक्षक सुवास बोहरा घटनास्थलमा गएका छन् ।