नेपाल ज्योति,जेष्ठ २-भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपालको एक दिवसीय भ्रमणका क्रममा अहिले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका छन्। प्रधानमन्त्री मोदी हेलिकप्टरबाट लुम्बिनी आइपुगेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा उनि लुम्बिनी आएका हुन् ।
प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीलाई स्वागत गरेका थिए। आज २५६६ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको विशेष अवसर पारेर प्रधानमन्त्री मोदी लुम्बिनी आईपुगेका हुन् ।