नेपाल ज्योति,जेष्ठ २-विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६६ औँ जन्म जयन्ती नेपाललगायत विश्वभर धुमधामका साथ मनाइएको छ ।
नेपालको लुम्बिनी प्रदेशको लुम्बिनीस्थित तिलाराकोटको राजदरबारमा आजभन्दा २५६६ वर्षअघि राजा शुद्धोधन र रानी मायादेवीको एक्लो सन्तानको रुपमा जन्म भएको हो ।
‘एसियाको तारा’को उपनामले चिनिने बुद्धले २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताएका थिए।