नेपाल ज्योति जेष्ठ ७- रुसले महिनौँदेखि युक्रेनी बन्दरगाह सहर मारिऊपोलमाथि विजय हासिल गर्ने आफ्नो प्रयास सफल भएको दाबी गरेको छ।
उसले त्यहाँ रहेको आजोभ्स्टाल स्टील उद्योगको रक्षा गरिरहेका बाँकी सैनिकहरूले आत्मसमर्पण गरेको तस्वीर समेत सार्वजनिक गरेको छ ।
शुक्रवार युक्रेनी फौज पछि हटेसँगै मारिऊपोलमा ठूलो क्षति हुनेगरी भएको सबैभन्दा डरलाग्दो घेराबन्दी पनि समाप्त भएको छ।