गठबन्धनलाई सङ्घीय निर्वाचनका साथै देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने सङ्कल्प गरिएको – प्रचण्ड

  • प्रकाशित मिति : May 21, 2022
  • नेपाल ज्योति

नेपाल ज्योति जेष्ठ ७ गते – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताएका छन् ।

मध्यपुरथिमि नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेदवारलाई आज आफ्नै निवास खुमलटारमा बधाई दिँदै उनले गठबन्धनलाई निरन्तर अगाडि बढाउने विश्वास दिलाएका हुन् ।

दहालले यो गठबन्धनलाई आउने प्रदेश र सङ्घीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने सङ्कल्प गरिएको र त्यसमा गठबन्धनमा रहेको दल दृढ रहेको कुरामा समेत जोड दिए ।