सुन्दरी प्रतियोगितामा सहभागी किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा मनोज पाण्डे पक्राउ

पाण्डे शनिबार दिउँसो बालाजुबाट पक्राउ

  • प्रकाशित मिति : May 21, 2022
  • नेपाल ज्योति

नेपाल ज्योति, बैशाख ७- प्रदर्शन चर्कदैं जाँदा सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मनोज पाण्डेलाई पक्राउ गरेको छ।

आठ वर्षअघि भएको भनिएको यौन हिंसाको घटना भर्खरै सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानका लागि शनिबार पाण्डेलाई पक्राउ गरेको हो।

पाण्डे सुन्दरी प्रतियोगिता आयोजकमध्ये एक हुन्। काठमाडौं जिल्ला अपराध अनुसन्धान महाशाखा स्रोतका अनुसार पाण्डे शनिबार दिउँसो बालाजुबाट पक्राउ परेका हुन् ।