नेपाल ज्योति जेष्ठ ०८ –बलात्कारसम्बन्धी कानून संशोधनको माग गर्दै नेपाल विद्यार्थी संघले कानून, न्याय तथा संसदीय मामिलामन्त्रीलाई ज्ञापन बुझाएका छन् ।
नेपालको फौजदारी संहिता, २०७४ मा व्यवस्था भए बमोजिम बलात्कारसम्बन्धी कानुनमा बलात्कारविरुद्ध मुद्दा दर्ता गर्न पाउने हदम्याद संशोधन गर्न तथा उक्त कानुनमा बलात्कारको परिभाषा र प्रमाण संकलनमा सुधार गर्न मागसहित आइतबार विहान पत्र बुझाएको हो ।