सामान्य देखि मध्यम सम्मको चट्याङसहित बर्षा हुने

  • प्रकाशित मिति : May 22, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति जेष्ठ ०८-स्थानीय वायु र भारतको बिहार हुँदै पश्चिम बंगालको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण देशैभर तीनदिनसम्म वर्षा हुने मौसम पुर्वनुमान महाशाखाले जनाएको छ ।
सामान्य देखि मध्यम सम्मको चट्याङसहित बर्षा हुने महाशाखाले आइतबार विहानै विज्ञप्ती मार्फत जानकारी गराएको छ । देशको बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पुर्ण बदली रही बढी वर्षा हुने जनाएको छ ।