आफ्नै छात्रहरुलाई (विल यू बी माई सेक्स पार्टनर) भन्दै बोलाउने र पटक -पटक धम्कि दिने !सेन्ट लरेन्स कलेजका दुई शिक्षक पक्राउ

‘ शिक्षकले आफुले बिहे गरेपछि बुढीसँग तीन महिनामात्रै रमाइलो हुँदो रहेछ विल यू बी माई सेक्स पार्टनर भनेका रहेछन्,’ ती विद्यार्थीले भनिन्, ‘त्यहाँबाट भाग्न खोज्दा टेबलमा रेस्टिगेट पेपर राखेर कसैलाई भनिस् भने रेस्टिगेट गरिदिन्छु भनेको उन्ले बताईन् ’

  • प्रकाशित मिति : May 24, 2022
  • -सरु आचार्य

नेपाल ज्योति जेठ १०- सेन्ट लरेन्स कलेजका छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।

विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरू आन्दोलन गरेका थिए ।  त्यसपछि प्रहरीले आरोपित जनार्दन अधिकारीलाई पक्राउ गरेको हो। त्यस्तै गरी सेन्ट लरेन्सको अर्का शिक्षक राजनकुमार पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरूविरूद्ध कक्षा ११ का तीन जना छात्राले जाहेरी दिइसकेका छन्। त्यस्तै, अन्य दुई जनाले पनि आफूहरूमाथि दुर्व्यवहार भएको बताएका छन्। ति दुई जनाले भने जाहेरी दिइसकेका छैनन्।

शिक्षकहरूले विद्यार्थीहरूमाथि अनैतिक रूपमा छुने, आफ्नो घरमा बस्न र यौन सम्पर्क राख्न प्रस्ताव समेत राख्ने गरेको खुलेको छ।

मंगलबार दिउँसो प्रहरी वृत्त गौशाला गेट अगाडि विद्यार्थीहरूले चाबहिलस्थित सेन्ट लरेन्स कलेजको टिसर्ट जलाए।

शिक्षकले छात्राहरूमाथि गरेको यौन दुर्व्यवहारको आक्रोश उनीहरू पोखिरहेका थिए।

बिहान ६ बजेदेखि सुरू भएको आन्दोलन दिनभरि नै चल्यो।

विद्यार्थीको भनाई अनुसार

पीडित छात्राको घर नजिकै भएको कारण उनलाई आफूसँगै बस्न समेत भनेको एक विद्यार्थीले बताएकी छिन् ।

‘ शिक्षकले आफुले बिहे गरेपछि बुढीसँग तीन महिनामात्रै रमाइलो हुँदो रहेछ विल यू बी माई सेक्स पार्टनर भनेको र त्यहाँबाट भाग्न खोज्दा टेबलमा रेस्टिगेट पेपर राखेर कसैलाई भनिस् भने रेस्टिगेट गरिदिन्छु भनेको उन्ले बताईन् ’

विद्यार्थीले थपिन्,‘साथीहरूसँग हिँड्दा पनि बोलाएर उनीहरूसँग किन हिँडेको, भन्ने गरेको। कलेज फी, बस भाडा पनि लिन्नँ कसैलाई नभन् भनेको थियो ।’

यसरी आफूहरूमाथि यौन दुर्व्यवहार भएको भन्दै कलेज प्रशासनलाई जानकारी गराए पनि बेवास्ता गरेको विद्यार्थीहरूको आरोप छ।

यी कुरा खुलेपछि विद्यार्थीहरूले कलेज प्रशासनलाई पहिल्यै जानकारी गराएको थियो। तर प्रशासनले भित्रैभित्र मिलाउन खोजेपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन्।

कलेजले यसबारे जानकारी पाइसकेपछि तुरून्तै कारबाहीको प्रक्रिया अगाडि बढाउन पर्थ्यो।  भित्रैभित्र मिलाउनुपर्ने चाहिँ किन रु अभिभावकले आक्रोशित हुदै भने १

कलेजका प्रमुख केशव दंगलले भने गल्ती हुनेलाई कारबाही हुनुपर्ने बताए। विद्यार्थीहरूको मागमा समर्थन नै भएको उनले बताए।

‘गल्ती हुनेलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो कलेजको माग नै हो। हामीले समर्थन गरेका छौं। अनुसन्धान अघि बढिरहेको छ।’