नेपाल ज्योति जेठ१२ – चुनवि माहोल सकिएसँगै समपुर्ण जनताको ध्यान काठ्माण्डौको मेयर र मतगणनामा केन्दित भयो । एकातिर स्थानिय केशव स्थापित थिए र अर्को तिर सिर्जना श्रेष्ठ जस्को आ-आफ्नै कोर एरिया थियो । त्यसै बिच आफ्नो चुनाव चिन्ह लौरो लिएर बालेन्द्र शाह अगाडि आए यो नाराका साथ (अपराधि लाई सेलाउन मिलने , बुढा बुढिलाई टेकाउन मिल्ने )
पहिलो चरणमा सयदै कसैले सोचेको पनि थिएन् होला वालेन शाहले भोट पाउने छन् र यो चुनाव जितेर देखाउने छन् भनेर , एउटा युवा बिना कुनै गठबन्धन , बिना कुनै पार्टि , स्वतन्त्र आफ्नो भिजन र एजेण्डा बोकेर अगाडि आयो ,जन्ताको सामु आफ्नो विचार राख्यो , केहि युवाले उस्को हातमा हात राखेर उस्लाई साथ दिए , हात माथि हात थपिदै गयो । आज परिक्षाको घडिको सकियो जन्ताले झण्डै दोब्बर मतले वालेन लाई जिताएका छन् ।
वालेन शाहको जन्म २०४७ वैशाख १४ गते काठमाडौंमा भएको थियो । पेशाले उनि र्यापर, संगीतकार, गीतकार तथा स्ट्रकचरल इन्जिनियर हुन्। वास्तविक नाम बालेन्द्र शाह भए पनि उनि बालेनका नामले चर्चित छन्। वालेन आयुर्वेदिक चिकित्स्क डा- रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् ।
उन्ले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङ र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिकबाट स्ट्रकचरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन् । उनी काठमाडौं महानगरपालिकाको मेयरको पदका स्वतन्त्र उम्मेदवार उठेका थिए र विजय हासिल गरे ।
जन्ताले साबित गरका छन् कि परिवर्तन सम्भव छ , र उनिहरु आजित भई सकेका छन् पार्टि र दल र नेताहरु सित । अब पालो वालेन शाहको आएको जन्ताको विश्वासलाई समहाल्ने ,आफ्नो वाचा पुरा गर्ने र काठ्माण्डौ र देशमा परिवर्तनको कदाम चाल्ने ।
उन्को जितको अन्तिम घोषणा सङ्गै आज जितको खुसियालीमा र्याली निकालिने भएको छ । र्याली राष्ट्रिय सभा गुर्ह बाट सुरु भएर भद्रकाली , शहिदगेट , त्रिपुरेश्वर , कालीमाटी , कलंकी , स्वयमभु , वालाजु , माहारान्जगंज , पुतली सडक हुदै खुल्ला मञ्चमा समापन हुनेछ।