सर्वोच्च अदालतले फैसला उल्टाएपछि रन्जन कोइराला फेरि नयाँ बानेश्वरबाट पक्राउ

  • प्रकाशित मिति : May 27, 2022
  • -सरु आचार्य

नेपाल ज्योति, जेष्ठ १३ – सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई प्रहरीले शुक्रबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजाय काटिरहेका कोइराला सर्वोच्च अदालतले कैद कटाएपछि २०७७ साउत ८ छुटेका थिए। बिहीबार सर्वोच्च अदालतले फैसला उल्टाएपछि कोइराला शुक्रबार फेरि नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् ।

सर्वोच्चको बृहत पूर्ण इजलासले फैसला उल्टाउँदै बिहीबार जन्मकैदको सजाय हुने फैसला सुनाएपछि शुक्रबार साँझ ६ बजे प्रहरीले पुनः पक्राउ गरेको हो।