सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित

  • प्रकाशित मिति : May 28, 2022
  • - विश्व घिमिरे

नेपाल ज्योति, जेष्ठ १४ – प्रतिनिधिसभा बैठकबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम शनिबार सदनबाट बहुमतले पारित भएको हो।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिए पछि प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठी, दुर्गा पौडेल, शेरबहादुर तामाङ, भीम रावल, प्रेम सुवाल र खगराज अधिकारीले प्रस्तुत गरेको संशोधन प्रस्ताव बैठकले बहुमतले अस्वीकृत गरेको हो।