मन्त्रिपरिषदको बैठकले आज ४ बजे बजेट पारित गर्ने घोषणा

  • प्रकाशित मिति : May 29, 2022
  • - विश्व घिमिरे

नेपाल ज्योती, जेष्ठ १५ -आइतबार बसेको मन्त्रिपरिषद्‍को बैठकले अपराह्न ४ बजे  पेस गरिने बजेट पारित गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट ४ बजे बस्ने संसद्‍को संयुक्त बैठकमा पेस गर्ने तयारी गरेको हो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार आइतबार अपराह्न ४ बजे संसद्‍मा पेस गरिने बजेट करिब साढे १७ खर्ब रुपैयाँको हुनेछ। यसअघि नै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि छलफल सम्पन्न भइसकेको छ ।