दुर्घटनामा परेको तारा एयरको विमानको ब्ल्याक बक्स फेला

विमानको पुच्छरमा रहेको इन्धनभित्र ब्ल्याक बक्स फेला परेको

  • प्रकाशित मिति : May 31, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,जेष्ठ १७-आइतबार विहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भीरमा दुर्घटनामा परेको तारा एयरको विमानको ब्ल्याक बक्स फेला परेको छ । मंगलबार विहान माउन्टेन गाइड पिम्वा तेन्जिङ लामा, नरेन शाही र सेनाको टोलीले ब्ल्याक बक्स फेला पारेको हो ।

प्रतिकूल मौसमका कारण विमान दुर्घटनामा भएको प्रारम्भिक अनुमान गरिएपनि यो बक्स फेलापरेसँगै दुर्घटना बारे थप अनुसन्धान गर्न सहज हुने भएको छ । विमानको पुच्छरमा रहेको इन्धनभित्र ब्ल्याक बक्स फेला परेको माउन्टेन गाइड शाहीले जानकारी दिए। दुर्घटना कसरी भयो भन्ने विस्तृत जानकारी बक्समा रेकर्ड हुनेछ । ब्ल्याक बक्स आगलागी हुँदासमेत नजल्न प्राविधिकहरुले जनाएको छ ।

ब्ल्याक बक्स, प्राविधिक रूपमा फ्लाइट डाटा रेकर्डर भनेर चिनिन्छ, एउटा उपकरण हो जसले हवाईजहाजरविमानको उडानको क्रममा सबै गतिविधिहरू रेकर्ड गर्दछ । हवाईजहाजमा सामान्यतया दुईवटा ब्ल्याक बक्सहरू हुन्छन्, एउटा अगाडि र अर्को विमानको पछाडि ।