बालिकाको अपहरण पछि बलात्कार गरेको आरोपमा ६ जना युवा पक्राउ

  • प्रकाशित मिति : June 2, 2022
  • नेपाल ज्योति

नेपाल ज्योति,जेष्ठ १९-कपिलवस्तुकी १७ वर्षीया बालिकाको अपहरण पछि बलात्कार गरेको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलवार राती ११ बजे सांस्कृतिक कार्यक्रम हेरेर घर फर्किँदै गर्दा बालिकाको अपहरण गरि जर्वजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

रुपन्देही कन्चन गाउँपालिकाका युवाहरूले मोटरसाइकल र स्कुटरको प्रयोग गरी अपहरण गरेको सूचना पाए पछि राती देखी प्रहरीले खोजतलास जारी गरेको थियो । अपहरण पछि कञ्चन गाउँपालिका ३ मा बालिकाको बलात्कार भएको नायव उपरीक्षक जेसी शाहले बताए।