वातावरण दिवसका अवसरमा एक दर्जन जिल्लामा वृक्षरोपण

शान्ति समाज काठमाडौँ शाखाद्वारा ’मेरो फोहोर मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित जोरपाटीमा आयोजित विशेष चेतनामुलक कार्यक्रम

  • प्रकाशित मिति : June 5, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,जेष्ठ २२-५० औँ विश्व वातावरण दिवसका  अवसरमा मानव अधिकार तथा शान्ति समाजले एक दर्जन जिल्लामा वृक्षरोपणसहित विभिन्न कार्यक्रम आयोजना गरेको छ । आइतबार शान्ति समाज काठमाडौँ शाखाद्वारा ’मेरो फोहोर मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित जोरपाटीमा आयोजित विशेष चेतनामुलक कार्यक्रममा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, शान्ति समाजका महासचिव रामकृष्ण बराल, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।