नेपाल ज्योति, जेष्ठ २३- कैलालीमा घाईते चितुवाको आक्रमणबाट एक महिला घाईते भएकि छिन् । जिल्लाको घोडाघोडी नगरपालिका–८ स्थित लठुवा सामुदायिक वनमा सोमबार विहान घाँस काट्न गएका स्थानीय विस्नादेवी बोहरालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो ।
आक्रमणबाट ५४ बर्षीया बोहराको अनुहार, हात र घाँटीमा चोट लागेको छ । उनको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भैरहेको छ । बोहरा खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।