असार १ गतेदेखि लागु हुनेगरी आइतवारको बिदा काटौती

  • प्रकाशित मिति : June 6, 2022
  • संतोष यादव

नेपाल ज्योति, जेष्ठ २३-

नेपाल सरकारको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले अब सातामा एकदिन शनिवार मात्र बिदा दिने निर्णय गरेको मन्त्रीहरूले संचार माध्यमलाई जानकारि दिएका छन्।

गत जेठ १ गतेदेखि सातामा दुईदिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारले एक महिना पूरा नहुँदै त्यसलाई उल्टाउने निर्णय गरेको हो।