नेपाल ज्योति, जेष्ठ २४ – ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो नेतृत्वविरुद्ध महत्त्वपूर्ण विद्रोह हुँदाहुँदै पनि विश्वासको मतमा टोरी सांसदहरूको बहुमत प्राप्त गरेका छन्।
उनसट्ठी प्रतिशत मतले जितेसँगै अब एक वर्षका लागि उनी सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ।
कुल २११ टोरी सांसदले जोनसनको नेतृत्वप्रति विश्वासको मत दिए भने १ सय ४८ जनाले उनको विपक्षमा मतदान गरेका थिए।