नेपाल ज्योति,जेष्ठ २५-बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले धानको ब्याड राख्न पाएका छैनन् । उनीहरुलाई समयमै बाली लाउन नपाइने हो की भन्ने चिन्ताले पिरोलेको छ । “असार १५ गतेसम्म बीउ रोपको मैजारो गर्नुपर्ने हो”, बर्दिबास नगरपालिका–७ का नीरचन्द्र पौडेल भन्छन्, “जेठ बित्न लाग्यो, ब्याडकै चाँजो मिलेको छैन ।” धानको बीउ स्थानीय कृषि बीउबिजन केन्द्रमा नपाएपछि हैरानी बढेको पौडेलको भनाइ छ । यसपालि समय–समयमा पानी परे पनि धानको बीउ नपाउँदा खेती गर्ने समय घर्कँदै छ ।
बीउ र मल अभावले किसानले पाएनन् धानको ब्याड राख्न
बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ ।
- प्रकाशित मिति : June 8, 2022
- जेनिसा कार्की
