१५ वार्षिय किशोरीले आफैले जन्म दिएको १६ दिन्को दुधे बच्चालाई शौचालयको सेफ्टी ट्यान्की भित्र फ्यालेर हत्या

दाङ देउखुरी भन्ने ठाउँको मसुरियामा १५ वार्षिय किशोरीले आफैले जन्म दिएको १६ दिन्को दुधे बच्चालाई शौचालयको सेफ्टी ट्यान्की भित्र फ्यालेर हत्या

  • प्रकाशित मिति : June 10, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,जेष्ठ २७-दाङ देउखुरी भन्ने ठाउँको मसुरियामा १५ वार्षिय किशोरीले आफैले जन्म दिएको १६ दिन्को दुधे बच्चालाई शौचालयको सेफ्टी ट्यान्की भित्र फ्यालेर हत्या गरेकी छ्न । आज बिहानको १० बजे तिर साबीत्रि नेपाली ले आफ्नो बच्चा हराएको भनेर रोइ कराइ गरेर छिमेकीहरु लाइ गुहारे पछि छिमेकीहरु बच्चा खोज्न भनेर निस्केका थिए ।
बच्चा खोज्ने क्रममा छिमेकी कृष्ण सुनुवारले शौचालयको सेफ्टी ट्यान्की भित्र बच्चा फेला पारेका थिए । बच्चा भेटिएपछि पनि साबित्रि रोइ कराइ गर्दै थिन तर उन्को रुवाइलाई कसैले पत्याउन सकेन ।
कारण साबित्रिको बच्चाको बाबु अहिलेसम्म पनि कोहो भनेर कसैलाई थाहा थिएन । उनी पहिले बटै लागू पदार्थ र ड्रग्स समेत सेवन गर्थिन । परिवारलाई उन्लाइ सम्हालन धेरै गार्हो थियो । गर्भवती भइसके पछी पनि उन्ले बार बार आफू पहिला जस्तो गरि हिड्न नपाएको रमाइलो गर्न नपाएको भनेर झगडा गर्ने गर्थिन ।
जसकारण छिमेकीले प्रहरीलाई बोलाएर उन्लाइ जिम्मा लगाइ दिए । प्रहरी चौकी पुगे पछि उन्ले बच्चालाई आफुले मारेको सुइकार गरेकी छिन् ।