अमेरिकाभरि बन्दुक नियन्त्रणमा कडाइको माग गर्दै हजारौँ मानिस प्रदर्शनमा निस्किए

अमेरिकाभरि बन्दुक नियन्त्रणमा कडाइको माग

  • प्रकाशित मिति : June 12, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,जेष्ठ २९-दुई वटा सामूहिक गोली प्रहारको घटनापछि अमेरिकाभरि बन्दुक नियन्त्रणमा कडाइको माग गर्दै हजारौँ मानिस प्रदर्शनमा निस्किएका छन्।

प्रदर्शनमा उत्रिएकाहरूले (म बन्दुकको गोलीबाट स्वतन्त्रता चाहन्छु) जस्ता नारा लेखेका प्लेकार्ड बोकेका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडनले विरोध प्रदर्शनलाई समर्थन जनाउँदै संसद्लाई  बन्दुक सुरक्षासम्बन्धी कानुन पारित गर्नू आह्वान गरे।

यद्यपि प्रतिपक्षी रिपब्लिकनहरूले कानुन परिवर्तनको सम्भावनालाई अस्वीकार गर्न सक्ने देखिन्छ।

मे २४ मा टेक्ससको युभाल्डीमास्थित रोब इलिमेन्टरीमा भएको गोलीकाण्डमा १९ जना बालबालिका र दुई शिक्षकको मृत्यु भएको थियो।

त्यसपछि बेफेलो, न्यूयोर्कमा भएको अर्को आक्रमणमा १० जना मारिएका थिए।

यी दुई घटनाले अमेरिकामा बन्दुक नियन्त्रणमा कडाइबारे बहस सुरु गरेको छ।